कटुवा पेस्तोल सहित कैलालीका ३ जना पक्राउ


 


धनगढी,बैशाख २२।

 कैलालीमा कटुवा पेस्तोल सहित ३ जना पक्राउ परेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ जोख्खरतालमा केहि व्यक्ति संग हातहतियार भन्ने सुचनाका आधारमा क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) ले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका १२ का २० बर्षिए अबिनाश थापा,सोही ठाँउका २० बर्षकै नब्बु भन्ने नबराज बराईली र सोही ठाँउकै २५ बर्षिए बिनोद कुँवर रहेको  सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताए ।

आरआईटीका प्रहरी नायब निरीक्षक केशव जोशी नेतृत्वको समूहले पक्राउ गरेका तीनैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ ।

प्रकाशित मिति: २२ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्