कैलालीमा प्रिन्सिपलको हत्या भएको भन्दै विद्यार्थी र स्थानीय नागरिक आन्दोलित


 


धनगढी,बैशाख २२।

एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका कैलालीको बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्ण प्रशाद भुसालको हत्या भएको भन्दै आज पनि दवाब र्‍याली निकालीएको छ।

विद्यार्थी सहित स्थानीयहरुले गौरीगंगा नगरपालिकाको वडा नं ९ मसुरिया, ८ बढैपुर र ४ राजिपुर बजारमा बिरोध र्‍याली निकालेका हुन्। भुसाल मृत भेटिएको १२ दिन हुदाँ पनि घटनाको बारेमा प्रहरीले अनुसन्धान पूर्ण नगरेको उनीहरुले आरोप लागएका छन्। हिजो पनि मसुरीया क्षेत्रका नागरिकहरु र पुर्व विद्यार्थी पनि पूर्वपश्चिम राजमार्गमा सुरु गरिएको र्‍यालि गरेका थिए ।

ठुलो संख्यामा स्थानीय नागरिकहरु लकडाउनको पालना गर्दै सामाजिक दुरि कायम गर्रेर रर्यालिमा सहभागी भएका थिए । घट्नाको छानबिनमा प्रहरीले ध्यान केन्द्रीत नगरेको सहभागीहरुको गुनासो छ भने घटनालाई अन्तै मोड्ने प्रयास भएको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले भने घटनाको बारेमा छानबिन भइरहेको जनाएको छ।

निजी विद्यालयको छाता संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसााल पूर्व–पश्चिम महेन्द्र राजमार्गको आमखैयामा यहि बैशाख ११ गते मृतावस्थामा फेला परेका थिए।

प्रकाशित मिति: २२ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्