संसदको महासचिवमा गौतमको नाम सिफारिस



काठमाडौं, बैशाख २२
संघीय संसदको महासचिवमा डा.भरतराज गौतमको नाम सिफारिस भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार गौतमलाई महासचिवमा सिफारिस गरेका हुन् ।

मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले २ चैतमा गोपालनाथ योगीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए। तर, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले आफूसँग परामर्श नगरी कार्यवाहक दिएको भन्दै सभामुखसमक्ष असन्तुष्टि जनाएका थिए ।

गौतमलाई महासचिव नियुक्त गर्नका लागि सभामुख र अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए ।

राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः deshkonews[email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News