लकडाउनका बेला कालोबजारी गरिएको भन्दै कैलालीका दुई मेडिकललाई जरिवाना


 


धनगढी,बैशाख २२  लकडाउनका बिचमा कालोबजारी गर्ने  कैलालीको अत्तरियामा रहेको हिमाल फार्मेसी र धनगढीमा रहेको सरोज मेडिकललाई जरिवाना तोकिएको छ ।

लकडाउनका बिचमा उपभोक्तालाई सर्जिकल मास्कमा ४७ दशमलव ६२ प्रतिशत बढी मूल्य लिएर बिक्री गरेको आरोपमा अत्तरियामा रहेको हिमाल फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना गराइएको छ भने धनगढी ३ चौराहा रहेको सरोज मेडिकल हलमा म्याद सकिएका विभिन्न औषधिजन्य बस्तुहरू बरामद तथा जफत गरेको छ ।

उसलाई उपभोक्ता संरक्षण ऐन २०७५ दफा ३८ क बमोजिम तत्काल २० हजार रुपैयाँ जरिवाना तोकिएको  उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका प्रमुख कमल बहादुर पुन मगरले बताए ।

उनका अनुसार तोकिएको जरिवाना ७ दिन भित्र राष्ट्रिय वाणिज्य बैङ्कमा जम्मा गरेको दोस्रो प्रति भौचर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा दाखिला गर्नुपर्ने जनाएको छ  ।

यस अवधिमा संयुक्त बजार अनुगमन समितिले बजार अनुगमनलाई निरन्तरता दिएपछि कालोबजारीयाहरु फन्दामा पर्न थालेका छन् ।

यस अवधिमा कालोबजारी गर्ने फार्मेसी, औषधी पसल सहित ५ ओटा व्यवसायीलाई कारबाहि गरिसकेकै अवस्थामा फेरी औषधी पसलमा म्याद गुज्रेका औषधी बिक्रीका लागी राखेको भेटिएको छ । 

प्रकाशित मिति: २२ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्