भारतसंग युद्ध लड्न पाकिस्तानद्वारा उडानहरु रद्ध, सैनिक विमानका लागि सडक खाली


 


bimanएजेन्सी, असोज ५

पाकिस्तान र भारतको युद्ध हुने अन्तिम अवस्थामा पुगेको खबरहरु प्राप्त भएको छ । पाकिस्तानी प्रधानमन्त्रीले अमेरिकाबाट आफ्नो सेना प्रमुखलाई फोन गर्दै युद्धको लागि तयारी अवस्थामा बस्न निर्देशन दिएपछि पाकिस्तान र भारतको युद्ध हुने अन्तिम अवस्थामा पुगेको बुझिएको छ । न्युयोर्कबाट पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले आफ्ना सेना प्रमुख रहिल शरिफलाई फोन गर्दै आफ्ना लडाकु विमानहरुको उडान र अवतरणको लागि विमानस्थल र सडकहरु खाली गर्न निर्देशन दिएका हुन ।

त्यसपछि अहिले पाकिस्तानको इस्लामाबादबाट उत्तरी क्षेत्रमा जाने सबै विमानहरुको उडानहरु रद्द गरिएको छ साथै सैनिक विमानको लागि सडकहरु पनि खाली गरिएको छ । आइतबार काश्मिरको उरीमा आतंककारी आक्रमणमा १८ जना भारतीय सेनाको मृत्यु भएपछि पाकिस्तान र भारत पुन: युद्धको अवस्थामा पुगेको हो ।

आतंककारीहरुलाई संरक्षण दिएर भारतीय सेना माथि आक्रमण गर्न लगाएको भन्दै भारत पाकिस्तानदेखि क्रुद्ध बनेको हो । यी दुवै राष्ट्र यसअघि पनि युद्ध लडिसकेका छन ।

संयुक्त राष्ट्रसंघको आमसभामा भाग लिनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ अहिले अमेरिकामा छन । उनीहरु दुवैले काश्मिरको मुद्धालाई लिएर राष्ट्रसंघमा जोडतोड आवाज उठाईरहेका छन ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्