Deshko News
६ आश्विन २०८०, शनिबार

भारतमा रहेका बैतडीका एक युवकमा कोरोना संक्रमण



बैतडी,बैशाख २६

भारतको राजधानी नयाँदिल्लीमा बैतडी घर भएका एक नेपाली युवकमा कोरोनाको संक्रमण देखिएको छ। दोगडाकेदार गाउँपालिका ७ घर भएका २३ वर्षीय युवकमा कोरोना संक्रमण भेटिएको हो।

संक्रमित युवक राजधानी नयाँदिल्लीको आजादपुर मण्डीमा जेसिए ट्रेडर्स नामक फलफूल कम्पनीमा कार्यरत रहेका त्यहाँबाट राजु भट्टले जानकारी दिए।

भट्टका अनुसार लकडाउन चलिरहेका बेला पनि युवकलाई बाहिरी काममा खटाउने गरिएको थियो। रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार युवकको थ्रोट स्वाबको नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो।

संक्रमित युवकलाइ बिहीबार राति नै दिल्लीको राममनोहर लोहिया अस्पतालमा आइसोलेसन वार्डमा भर्ना गरिएको भट्टले जानकारी दिए।

आइसोलेसन भर्ना गरिएका युवकको अवस्थामा भने सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै उनले बताए।

प्रकाशित मिति: २६ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News