पाकिस्तानलाई चीनको पुर्ण समर्थन


 


li-keqiang

एजेन्सी । उरी आक्रमण पछि भारतले प्रत्येक कोणबाट पाकिस्तानलाई घेर्न चाहेको बेलामा चीनले पाकिस्तानलाई पुरा सहयोग गर्ने बताएको छ ।

संयुक्त राष्ट्रसंघको आमसभामा भाग लिन अमेरिका पुगेका पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ र चिनियाँ प्रधानमन्त्री ली केकियांगबीच भेटवार्ता भएको थियो ।

उक्त भेटवार्तामा चिनियाँ प्रधानमन्त्रीले चीन र पाकिस्तानबीच वर्षौ देखि रहँदैआएको सम्बन्ध तथा एकअर्कालाई दिएको साथलाई निरन्तरता दिनुपर्ने बताए ।

चीनले पाकिस्तानसँग चौतर्फि सहयोग बढाउन चाहेको र दुबै देशको सम्बन्ध अझै राम्रो बनाउनु पर्ने केकियांगको धारणा रहेको सञ्चारमाध्यम हरुले जनाएका छन् ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्