हुलाकीकाे तलब २५ प्रतिशत बढ्याे


 


hulakiकाठमाडाैं, असाेज ६

सरकारले हुलाकी (हल्कारा)हरुको तलवमा २५ प्रतिशतले बृद्धि गरेको छ । बृद्धि भएको तलव साउन महिनादेखि नै लागू हुने छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले न्युन तलव भएका हुलाकका कर्मचारी (हुलाकी)को तलव निजामती कर्मचारी सरह २५ प्रतिशत तलब वृद्धिको निर्णय गरेको हो ।

सरकारले नयाँ आर्थिक वर्षको बजेटमा निजामती कर्मचारीको तलव २५ प्रतिशत बढाएको थियो तर, यो हुलाकीहरुको हकमा भने लागू भएको थिएन । यसअघि ४८ सय तलब बुझ्दै आएका हुलाकीहरु अब भने ६ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्