Deshko News
६ आश्विन २०८०, शनिबार

भारतको पलियामा रहेका नेपालीहरुको गौरीफन्टा नाकाबाट उद्धार



धनगढी, २ जेठ

कैलालीपारि भारतीय सीमावर्ती क्षेत्रको क्वारेन्टाइनमा राखिएका चार सय बढि नेपालीको उद्धार गरेको छ । डेढ महिना बढि क्वारेन्टाइनमा बसेका उनीहरुका लागि आज जन्मभूमीको ढोका खुलेको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार उनीहरुलाई नेपाल फर्काइसकेपछि पनि क्वारेन्टाइनमा राखिने छ।

कैलाली घर भएकाहरुलाई आज स्थानीय तहमा पठाउने तयारी छ भने अन्य जिल्लाका नेपालीहरुलाई आज कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिने छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले नेपालीहरुको सीमामै ¥यापिड टेस्ट समेत भईरहेको जानकारी दिए।

प्रकाशित मिति: २ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News