पाकिस्तान आइपुग्यो रुसी सेना, भारतलाई खतरा!



russia-pak-armyएजेन्सी, असोज ७

भारत प्रशासित काश्मिरको उरी घटनापछि रुसी सेना पाकिस्तानसँग संयुक्त अभ्यासको लागि पाकिस्तान पुगेको छ । पाकिस्तान र रुसको संयुक्त ड्रिल शनिबारदेखि सुरु हुने पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेंट जनरल असीम सलीम बाजवाले शुक्रबार बताएका छन् ।

यो बीचमा रुस बाट ड्रील रद्ध भएको खबर पनि आएको थियो जुन गलत प्रमाणित भइसकेको छ । पाकिस्तानी सुरक्षा बलको सञ्चारमाध्यम विंगका इन्टर सर्विस पब्लिक रिलेसनका डीजी समेत रहेका लेफ्टिनेन्ट जनरल बाजवाले ट्वीट गरेर रुसी सेनाको एक टुगडी पाकिस्तान र रुसबीचको संयुक्त अभ्यासको लागि पाकिस्तान पुगिसकेको जानकारी दिएका छन् ।

यस मिलिटरी एक्स-साइजमा लगभग २ सय सैनिक सहभागी रहने  समाचारमा बताइएको छ । रुसी सेना पाकिस्तान आएको खबरले भारतको नयाँ दिल्लीमा चिन्ता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News