भारतमा कोरोना संक्रमण तीब्र, चौथो स्थानमा पुग्यो


 



काठमाडौं, जेठ ११
छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण दर बढ्दैछ । शनिबार विश्वभर झण्डै एक लाख नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो संक्रमण दरको तुलना गर्दा उच्च संक्रमण दर भएका देशमा भारत विश्वमै चौथो स्थानमा देखिएको छ।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा २१ हजार ७ सय ५७ जना संक्रमित भएका छन् भने ब्राजिलमा १६ हजार ५ सय ६, रुसमा ९ हजार ४ सय ३४ र भारतमा ६ हजार ६ सय २९ जना संक्रमित भएका छन्।

वल्र्डओमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर ९९ हजार ६ सय ८६ नयाँ संक्रमित थपिएका छन्।

कोरोनाले आक्रान्त इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी जस्ता मुलुकमा भन्दा पनि पछिल्लो समय भारतमा संक्रमण दर तीब्र बन्दै गएको छ।

भारतमा शनिबार संक्रमणबाट १ सय ४२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ । ३ हजार ८ सय ६८ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: ११ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्