जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै


 


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ ।

जसपाको महाधिवेशन जेठ २७ गतेदेखि २९ गतेसम्म जनकपुरमा हुने तय भएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्