प्रधानमन्त्रीद्वारा इदको शुभकामना, घरमै रहेर पर्व मनाउन आग्रह


 



काठमाडौं, जेठ १२
प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्रको अवसरमा शुभकामना सन्देश दिएका छन् । शुभकामना दिदै उनले कोभिड-१९ महामारीको जोखिम क गर्न घरमै सुरक्षित रहेर पर्व मनाउन आग्रह गरेका छन् ।

नेपाल बहुधार्मिक, बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त देश भएको भन्दै प्रधानमन्त्री ओलीले एकता र सहिष्णुतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन्।

विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएको उनको भनाई छ।

लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता भएको उनले बताएका छन्।

उनले यही विशेषतालाई आत्मसात गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा रहेको प्रष्ट पारेका छन्।

सरकारले आज इद उल फित्रको अवसरमा देशभर सार्वजनिक बिदासमेत दिएको छ।

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्