यती एयरलाइन्सको विमान भैरहवामा अवतरणका क्रममा दुर्घटना


 


भैरहवा, असोज ८

यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । विमान अवतरण गर्ने क्रममा धावन मार्गबाट चिप्लिएको हो ।

फ्लाइट नम्बर ८९३ यति एयरलाइन्सको विमान धावन मार्गबाट चिप्लिएर घाँसे मैदानतिर गएको र सबै यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए । विमानमा २९ जना यात्रु रहेका थिए। यती एयरलाइन्स, भैहरवा एयरपोर्टले विमान सामान्य दुर्घटनामा परेको र सबै यात्रु सुरक्षित रहेको बताएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्