प्रदर्शनका कारण अमेरिकामा ५५ अर्ब डलरको क्षति


 


काठमाडौं – अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्याको बिरोधमा अमेरिकामा चर्किएका हिंसात्मक आन्दोलनबाट ५५ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको आकलन भएका छन् ।

अमेरिकाको मिनियापोलिसमा गत २५ जुनमा प्रहरीको यातनाले मृत्यु भएको ठानिएका फ्लोइडको समर्थनमा चर्केको आन्दोलनका क्रममा ५५ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको मिनियापोलिसका सरकारी अधिकाहरूले बताएका छन् ।

आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण २२० घरमा क्षति भएको छ भने अन्य भौतिक संरचना र धनमाल नष्ट गरिएका छन् ।

मिनियापोलिसका मेयर जाकोब फ्रेयीले क्षति भएकाहरुलाई पुनर्निर्माण गर्न क्षतिपूर्तिको लागि राज्य तथा संघीय सरकारसँग आग्रह गरिने जानकारी दिए । अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभर प्रदर्शन गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्