हिटिधारा सहकारीको साधारण सभा सम्पन्न


 


sahakariभोजपुर, असोज ९

भोजपुर नगरपालिका- ६ पोखरेमा स्थापना भएको हिटिधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको साधारण सभामा सहकारीको निती तथा भावी कार्यक्रम समेत प्रस्तुत गरिएको सहकारी संचालक समितिका सदस्य निरोज कोइरालाले जानकारी दिनु भयो ।

साधारण सभामा अध्यक्ष थापाले सहकारीको पूँजि करिव ५८ लाख रहेको बताउँदै संकलन भएको बचत आफना शेयर सदस्यहरुलाई ऋण स्वरुप परिचालन गरिने गरिएको बताउनु भयो । उहाँले सहकारीमा दैनिक र मासिक बचतकर्ता रहेको बताउँदै दिनमा १० रुपैया भन्दा माथि देखि २५ सयसम्म बचत गर्ने बचत कर्ता रहेको बताउनु भयो ।

साधारण सभामा आ.व. ०७२÷०७३ को लेखापरीक्षकबाट पारित प्रतिवेदन संचालक समितिका सदस्य खोमराज धमलाले प्रस्तुत गर्नु भयो । २०६५ सालमा सहकारी ऐन अन्तर्गत दर्ता भएको हिटिधारा सहकारीमा हाल दैनिक र मासिक गरेर २ सय १६ जना बचत कर्ता रहेको संचालक समितिका सदस्य निरोज कोइरालाले बताउनु भयो ।

२५ जनाले मात्र बचत संकलन गर्ने गरी स्थापना भएको सहकारीमा अहिले २ सय बढी बचतकर्ता हुनु भनेको राम्रो प्रगति भएको बताउँदै सहकारीका साधारण सदस्यहरुले आफुहरुले सहकारीलाई सधै माया गरि रहने बताएका थिए ।

आगामी दिनमा राष्ट्र बैक मार्फत सहकारीले रकम ऋण स्वरुप लिएर भए पनि आफना बचतकर्तालाई ऋण परिचालन गर्ने सहकारीले योजना समेत बनाएको संचालनक समितिका सदस्य खोमराज धमलाले बताउनु भयो ।

प्रकाशित मिति: ९ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्