पाकिस्तानको विषयलाई लिएर अमेरिकाले दियो भारतालाई यस्तो चेतावनी


 


obama-nawaz-modiकाठमाडौं, असोज ९

काश्मिरको उरीमा भारतीय सैनिकमाथि भएको हमलापछि भारत र पाकिस्तानबीच चर्किएको विवादका बीच विश्वकै एक शक्ति राष्ट्र अमेरिकाले युद्धको बाटो नरोज्न दुबै देशलाई अपिल गरेको छ । अमेरिकाको प्रमुख न्यूयोर्क टाइम्सले शुक्रबारको सम्पादकीयमा यदि दुई देशबीच युद्ध भए यसबाट भारतलाई ठूलो नोक्सान हुने चेतावनी दिएको छ ।

सम्पादकीयमा अमेरिकी सरकारको धारणासमेत जोडेर भारतलाई पाकिस्तानसँग युद्ध गर्ने खेलमा नलाग्न सुझाव दिँदै यदि भारतले पाकिस्तानसँग युद्ध गर्छु भनेर सोच्यो भने यसबाट उसैलाई नै नोक्सान हुनेमा सचेत गराइएको छ । भारत र पाकिस्तानको परमाणु शक्तिको चिरफार गर्दै भनिएको छ– ‘यदि दुई देशबीच चलिरहेको विवादले युद्धको रुप लियो भने यो निकै घातक हुनेछ । भारतले बदला लिन कारवाही गरेमा यसले पाकिस्तानलाई जवाफी कारवाहीमा उत्रन बाध्य पार्नसक्छ ।

यो जटिल स्थिती हुनसक्छ । सम्पादकीयले भारत र भारतीय नेतालाई बदलाको भावना त्याग्न सुझाव दिएको छ ।
अमेरिकी पत्रिकामा पाकिस्तानलाई पनि संयमितता अपनाउन सुझाव दिइएको छ । आतंकवादविरुद्ध सबै राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्