भारतले राफेल किने, पाकिस्तानलाई पछि नहट्न चीनको सुझाव , आफुले राडार दिने


 


china_pakistan_1

एजेन्सी असोज ९ उरी आक्रमण पछि भारत र पाकिस्तानबीच तनाव चर्किरहेका बेला चीनले भारतलाई आफुसँग राडार रहेको धम्की दिएको छ ।

पाकिस्तानको सहयोगी आतंकवादीको हात रहेको भन्दै भारतले पाकिस्तानलाई धम्की दिइरहेका बेला चीनले पाकिस्तानको साथ दिने सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमले चिनियाँ कन्सुलरलाई उद्धृत गर्दै पाकिस्तान र भारतबीच युद्ध भई नै हालेमा चीनले पाकिस्तानको साथ दिने दावी गरेका छन् ।

भारतले फ्रान्सबाट फाइटर विमान राफेल किन्ने सम्झौता गरेपछि चीनले आफुसँग उक्त विमानलाई ट्र्याक गर्ने क्वान्टम राडार भएको बताएको छ ।

क्वान्टम राडारले सामान्य राडार छल्न सक्ने फाइटर विमान ट्र्याक गर्न सक्छ ।
चिनियाँ सञ्चारमाध्यमले चीनसँग रहेको क्वान्टम राडारले १०० किमी टाढा बाटै लडाकु विमानको विवरण दिन सक्ने दावी गरेका छन् ।

चीनले आफुसँग मात्रै पहिलो पटक यो क्वान्टम राडार रहेको दावी गरिरहेका बेला अमेरिकाले पनि यसको सिको गर्दै यो राडार बनाउने प्रयास जारी राखेको छ ।

भारतले किन्ने भनेको राफेल विमान प्रतिद्धन्दि पाकिस्तानसँग मात्रै होइन चीन सँग पनि छैन, भारतले यो विमान किनेपछि भारतको सैनिक क्षमता गुणात्मकरुपमा बढी हुने सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: ९ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्