दिनदहाडै २५ लाख रुपैयाँ लुटियो


 


nepal-money

काठमाडौं असोज ११

विराटनगरको व्यस्त बजार बुधहाट चौकबाट मंगलबार दिउसो २५ लाख रुपैयाँ लुटिएको छ ।
तेह्रथुमको माउन्ट मकालु टेभलपमेन्ट बैंकबाट राष्ट्रबैंकमा जम्मा गर्न ल्याएको २५ लाख रुपैयाँ अज्ञात समुह द्धारा लुटिएको प्रहरीले जनाएको छ ।

गाडीलाई बुधहाटचौकमा रहेको बि प्लट भवनको छेउमा पार्किङ गरेर आफु ट्युबेलमा पानी पिउन गएका बेला गाडीको शिशा फुटाएर उक्त रुपैयाँ लुटिएको गाडी चालक बीरबहादुर लिम्बुको बयान छ ।

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्