धम्कीकै कारण भारत छाड्न बाध्य भए पाकिस्तानी अभिनेता फवाद


 


pakistani-hero

एजेन्सी ।

४८ घण्टाभित्र भारत छाड्न पाकिस्तानी कलाकारलाई भारतीयले दिएको धम्कीले डराएर पाकिस्तानका कलाकार फवाद खान भारत छाड्न बाध्य भएका छन् ।
चलचित्र खुबसुरतमा अभिनय गरेका फवादले भारत पाकिस्तानबीच चर्केको विवादको स्थितिमा भारतमा पाकिस्तानी कलाकार सुरक्षित रहन नसक्ने भन्दै मुम्बई छाडेका छन् ।

उरी आक्रमणको घटनाको आरोप भारतले पाकिस्तानलाई लगाउँदै आएको छ । यो स्थितिमा महाराष्ट्र नवनिर्माण सेना ( एम्एनएस)का कार्यकर्ताले केही दिनअघि मात्र पाकिस्तानी कलाकारलाई ४८ घण्टा भित्र भारत छाड्न धम्की दिएका थिए ।
मुम्बइ प्रहरीले पाकिस्तानी कलाकारको सुरक्षा गर्न आफुहरु सक्षम रहेको बताए पनि पाकिस्तानी कलाकारले विश्वास नगरेर असुरक्षाकै कारण भारत छाडेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्