भाेजपुरेहरूकाे शुभकामना अादन-प्रदान


 


bhojpure-samajकाठमाडाैं, असाेज ११

भाेजपुरमा जन्मिएर राजधानी काठमाडाैंमा बस्दै अाएका भाेजपुरेहरूले शुभकामना अादान प्रदान कार्यक्रम गरेका छन् । मंगलबार राजधानी काठमाडाैंकाे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भाेजपुरे सेवा समाजकाे अायाेजनामा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

नजिकिदै गरेका चाडपर्वहरूकाे अवसर पारेर समाजले कार्यक्रमकाेे अायाेजना गरेकाे हाे । दशैं, तिहार, छठ, ल्हाेसार तथा उधाैली पर्वहरूकाे अवसर पारेर समाजले कार्यक्रमकाे अायाेजना गरेकाे हाे । कार्यक्रमकाे प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा शुभकामना अादन प्रदान गर्दे वक्ताहरूले भाेजपुरकाे विकासमा सबै एकजुट भएर लाग्नु पर्ने बताएका थिए । कार्यक्रममा पुर्व अर्थमन्त्री शंकर प्रसाद काेइराला, राष्ट्रपतिका अार्थिक विज्ञ धनहर्क रार्इ, पुर्व सभासद शान्ति अधिकारी, सशस्त्र प्रहरी महानिरिक्षक दुर्ज कुमार रार्इ दावाँली मिलन क्लबका अध्यक्ष राेशन श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा भाेजपुरे कविहरूले कबिता समेत बाचन गरेका थिए भने भाेजपुरे गायक तथा संगीतकार मनाेज साङसाेङले सांगीतिक प्रस्तुति समेत दिएका थिए । भाेजपुरे सेवा समाजले यसरी बर्षेनी कार्यक्रमकाे अायाेजना गर्दे अाएकाे समाजका अध्यक्ष पासाङदाेर्ची शेर्पाले बताए । कार्यक्रममा विभिन्न पेशा व्यवसाय गर्दे अाएका भाेजपुरेहरूकाे उल्लेख्य उपस्थिति थियाे ।

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्