नेपालमा रेडमी नोट ९ सार्वजनिक, कति छ मूल्य ?


 


काठमाडौंं  । नेपालमा रेडमी नोट ९ स्मार्ट फोन सार्वजनिक गरेको छ । साओमी नेपालले यो नोट ९ सिरिजमा सार्वजनिक गरिएकोमध्ये दोस्रो फोन हो ।

हालै सार्वजनिक भएको रेडमी नोट ९ प्रोका साथ नयाँ रेडमी नोट स्मार्ट फोन लाइनअपले कुनै फ्ल्यागसिप मूल्य बिन्दुविना अत्याधुनिक डिजाइन र नवीनता दिने कम्पनीले जनाएको छ ।

रेडमी नोट ९ मा मुख्य क्यामेरा ४८ एमपीको रहेको छ । यसले ८ एमपी अल्ट्रा वाइड एंगल लेन्सका साथ फोटोग्राफीलाई अगाडि ल्याउने कम्पनीको दाबी छ । यसमा रहेको २ एमपी म्याक्रो लेन्स र २ एमपी डेप्थ सेन्सरपूर्ण क्वाड क्यामेरा सेटअपले सबै एंगलबाट सुन्दर तस्बिरहरू खिच्ने जनाइएको छ ।

त्यस्तै, फ्रन्ट स्क्रिन डिस्प्ले आकारका लागि डिस्प्लेमा १३ एमपी क्यामेरा राखिएको छ । यसमा ५०२० एमएएच ब्याट्री रहेको छ । जसले गर्दा एकपटकको चार्जमा लामो समय चलाउन सकिन्छ । फोनका साथै २२÷५ वाट फास्ट चार्जर आउने हुनाले चार्ज गर्न समय नलाग्ने जनाइएको छ ।

हुडअन्तर्गत मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेकाले यसलाई नयाँ चिपसेट फिचर गर्ने विश्वकै पहिलो स्मार्ट फोन बनाएको जनाइएको छ । फ्रन्टमा कर्निङ गोरिला ग्लास ५ र ६।५३ इन्च डट डिस्प्ले रहेको छ ।

हाल यो फोन मिडनाइट ग्रे र फरेस्ट ग्रिन रङमा उपलब्ध रहेको जनाइएको छ । यसमा चार जिबी (याम र १२८ जिबी रोम रहेको छ । यो स्मार्ट फोनको मूल्य २३ हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: १४ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्