नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्याे


 


काठमाडौं, असार १७
नेपालमा बुधबार थप ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १४ हजार ८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४६५६ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।

प्रकाशित मिति: १७ असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्