सूचनामा नागरिकको पहुँच पुर्याउन पत्रकारले भूमिका खेल्ने


 


छ कार्यालयमा एकै साथ सूचना माग
भोजपुर असोज १२

सरकारी कार्यालयहरुमा रहेका सूचनाहरु ग्रामीण क्षेत्रका साथै आम नागरिककोमा पु¥याउन भोजपुरका क्रियाशिल पत्रकाहरुले भूमिका निर्वाह गर्ने भएका छन । बिश्व ब्यापी सूचनामा पहुँचको अन्तराष्ट्रिय दिवसको अवसरमा बुधवार बिहान गरिएको छलफल कार्यक्रममा भोजपुरका अग्रज पत्रकार निरोज कोइरालाले सूचनामा आम नागरिकको पहुँचमा बृद्धि गर्दे त्यसमा आ–आफनो तर्फबाट सहजीकरण गर्दे अगाडी बढनु पर्ने बताउनु भयो ।

नेपालमा सूचनाको हकको ब्यवस्था गरिएको भए पनि त्यसका बिषयमा अहिले पनि तल्लो स्तरसम्म सन्देश पुग्न नसकेको बताउँदै पत्रकार कोइरालाले सवै पत्रकाहरुले सूचनामा पहुँच पु¥याउन भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।
सो क्रममा सूचनाका अभियन्ता नोदनाथ त्रितालले सूचनाको हकको बिषयमा अझै पनि धैरेलाई बुझाउन बाँकी रहेको बताउँदै जिल्लामा रहेका सरकारी कार्यालयहरुसँग सूचना माग गर्ने अभियान पछिल्लो समयमा आएर बढेको बताउनु भयो ।

बिगतमा सरकारी कार्यालयका काम काजका बिषयमा सूचना माग गरिदैन थियो तर अहिले आएर सूचना माग गर्नेक्रम बढेको छ उहाँले भन्नु भयो । सोक्रममा चोमोलुङ्गमा भोजपुरका समाचार प्रमुख राजन राईले सूिचनाको हक कार्यान्वयका बिषयमा आफुले र रेडियोले समेत सहयोग गर्ने बताउनु भएको थियो ।

त्यस्नै रासस संवाददाता सरिता राईले पत्रकारहरु सक्रिय बनेमा सूचनाको पहुँचमा बृद्धि गर्न सकिने बताइन । कार्यक्रममा बिभन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

यता जिल्लामा रहेका बिभिन्न ६ वटा सरकारी कार्यालयहरुमा पत्रकारहरुले एकै साथ सूचना माग गरेका
छन । जिल्लामा रहेको नेपाल खाद्य संस्थानमा पत्रकार निरोज कोइराला र सूचना अभियन्ता नोदनात त्रिताल, घरेलु तथा साना उद्योग बिकास समितिमा पत्रकार राजन राई, जिल्ला भु संरक्षण कार्यालयमा पत्रकार सरिता राई, जिल्ला हुलाक कार्यालयमा पत्रकार मनिता खिम्दुङ्ग, आर्युर्वेद स्वास्थ्य केन्द्रमा पत्रकार बिवेक राई र जिल्ला प्रशासन कार्यालयमा फबिन्द्र प्रधानले एकै साथ सुचना माग गर्नु भएको हो ।

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्