कोरोनाले थप एकको मृत्यु, मृतकको संख्या ३३ पुग्यो



गोरखा, असार २०
गोरखा अस्पतालमा कोरोनाबाट संक्रमित एकको मृत्यु भएको छ। गोरखा अस्पतालका अनुसार पालुङटार नगरपालिका- ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यु भएको छ।

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News