मोदी लाई दिए सलमानले चेतावनी, पाकिस्तानी कलाकारको पक्षमा खरो उत्रिए


 


salman

एजेन्सी ।

उरी आक्रमणपछि चर्केको विवादलाई लिएर महाराष्ट्र नव निर्माण सेनाका कार्यकर्ताले पाकिस्तानी कलाकारलाई भारत छोड्न ४८ घण्टाको म्याद दिँदै धम्की दिएका थिए ।

यस धम्कीलाई बलिउड अभिनेता सलमान खानले कडा शब्दमा जवाफ दिंदै पाकिस्तानी कलाकारको पक्षमा खरो उत्रिँदै, बलिउड कसैको बाउको जागिर गर्ने थलो होइन् यहाँ सबैले काम गर्न सक्छन् भनेका छन् ।

‘कलाकारले जुनसुकै ठाउँमा पनि काम गर्न सक्छन्, भारतीय निर्देशकले कामका लागि कुनैपनि राष्ट्रको कलाकार ल्याउन सक्छन् ,यसलाई कसैले पनि रोक्न नसक्ने
सलमान खानले भनेका छन् ।

पाकिस्तानी अभिनेता फवाद खानको संलग्नतामा चलचित्र निर्माण गरिरहेका सलमान खानले पाकिस्तानी को पक्षमा बोल्नुपरेको कारण हो ।

धम्की आउन थालेपछि भारतमा रहेका फवाद खान भारत छोडेर गएका छन् ।

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्