विश्वभर एकैदिन थपिए १ लाख ७१ हजार बढी कोरोना संक्रमित


 



काठमाडौं, असार २३
विश्वभर कोरोना संक्रमितको संख्या एकैदिन १ लाख ७१ हजारभन्दा बढीले बढेको छ।

कुल संक्रमितको संख्या १ करोड १७ लाख ३९ हजारभन्दा बढी पुगेको छ । वल्र्डवमिटरका अनुसार अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।

त्यस्तै कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या पाँच लाख ४० हजार ६६० पुगेको छ । ६६ लाख ४१ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै ५८ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: २३ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्