भारतीय प्रधानमन्त्री मोदीलाई बमले उडाउने चेतावनी, सुरक्षा व्यस्था कडा पारियो



narendra-modi-sad-look-650x371

काठमाडौं, असोज १२

भारत र पाकिस्तानबीच तनाव बढिरहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बम हान्ने चेतावनी आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अज्ञात व्यक्तिले प्रहरीलाई फोन गरी मोदीको कोझिकोड भम्रणको क्रममा बम हान्ने चेतावनी दिएका हुन् । अहिले प्रहरीले चेतावनी दिनेको खोजी गरिरहेको छ ।

मोदी भारतीय जनता पार्टीको राष्ट्रिय परिषद बैठकका लागि कोझिकोड भम्रण गर्न लागेका बेला अज्ञात नम्बरबाट बम हान्ने चेतावनी आएको हो ।

उक्त चेतावनी पछि मोदीको भ्रमणमा तीन किमी टाढा सम्मका प्रत्येक क्रियाकलाप निगरानीमा राखिएको र मोदीको सुरक्षाका लागि ७ घेरामा सुरक्षाबल खटाइएको सामाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News