कति छन् भोजपुर क्याम्पसमा शिक्षक र कर्मचारी ?


 


याे देखिएकाे दृश्य भाेजपुर बहुमुखी क्याम्पसकाे हाे । क्याम्पसले स्वर्ण महाेत्सव मनाइरहेकाे छ । तस्बिर : देशकाेन्युज
भोजपुर असोज १२ 

पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकाममा रहेको एक मात्र त्रिभुवन बिश्व बिद्यालयको आंगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसमा उप प्राध्यापक, शिक्षक र कर्मचारी गरी ५३ जना कार्यरत रहेका छन । नेपालको संबिधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्वन्धि ऐन, २०६४ को दफा ३ र दफा ७(१) बमोजिम भोजपुरमा रहेर बिभिन्न संचार माध्यमममा क्रियाशिल पत्रकार निरोज कोइरालाले क्याम्पसमा हाल कार्यरत शिक्षक तथा कर्मचारीको विवरणको प्रमाणित प्रतिलिपी बुधवार माग गर्नु भएको थियो ।

पत्रकार कोइरालालाई क्याम्पसका सूचना अधिकारी नोदनाथ त्रितालले बिवरण उपलब्ध गराउँदै हाल क्याम्पसमा उपप्राध्यापक, शिक्षक र कर्मचारी गरी ५३ जना कार्यरत रहेको बिवरण दिनु भएको छ । क्याम्पसले उपलब्ध गराएको बिवरण अनुसार हाल क्याम्पसमा उप प्राध्यापक ३ जना, उपप्राध्यापक भारतीय २ जना, शिक्षक सहायक २९ जना, आंशिक शिक्षक ३ जना कार्यरत रहेका छन ।

यसैगरी सहायक प्रशासक १ जना, मुख्य कार्यालय सहायक २ जना, कार्यालय सहायक ६ जना र कार्यालय सहयोगी ८ जना गरी ५३ जना कार्यरत रहेको बिवरणमा उल्लेख गरिएको छ । भोजपुर क्याम्पसमा हाल मानविकी, ब्यवस्थापन र शिक्षाशास्त्र गरी स्नातक तहको पठनपाठन हुदै आइ रहेको छ भने शिक्षाशास्त्र अन्तर्गत स्नाकोत्तर तहमा इपिएम र नेपालीको पनि पठन पाठन हुदै आइ रहेको क्याम्पसले जनाएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्