आगलागी हुदाँ तीन करोडको नोक्सान


 


ago

इनरुवा,  असोज १२

सुनसरीको धरान उपमहानगरपालिका–९ सब्जी लाइनमा आज दिउँसो भीषण आगलागी भएर करिब तीन करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानीय किशोर श्रेष्ठको मासु पसलबाट ग्यास चुहिएर सुरु भएको आगलागीबाट स्थानीय कृष्णप्रसाद शाक्यको साइकल पसल, राजेश श्रेष्ठको मासु पसल, भूपालमान शाहीको मासु पसल, अब्बास अन्सारीको झोला पसल, कल्पना बास्तोलाको मासु पसल पूर्णरुपले जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

आगलागीमा करिब तीन करोड बराबरको सम्पत्ति क्षति भएको अनुमान छ । आगोलाई स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्