इन्धनको मूल्य फेरि बढ्यो


 



काठमाडौं, असार २६
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेल तीनै प्रकारका इन्धनको मूल्य प्रतिलिटर एक÷एक रुपैयाँले बढाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट १ जुलाई २०२० मा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा, मट्टितेलमा १४ रुपैयाा २५ पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ६ रुपैयाँ ७७ पैसा वृद्धि भएर आएको छ ।

तेलको मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ८८÷८८ रुपैयाँ पर्ने छ। यसअघि निगमले असार १६ गते तेलको मूल्य बढाएको थियो । जसअनुसार निगमलाई १५ दिनमा ६ करोड १५ लाख घाटा हुने अनुमान गरिएको थियो ।

आज शुक्रबार निगमको सञ्चालक समिति बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्