विश्वकप फुटबल २०२६ ब्राजिलको पहिलो जित



काठमाडौँ। ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा पहिलो जित निकालेको छ ।

फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको खेलमा हाइटीलाई ३–० गोलले हराउँदै ब्राजिलले सानदार जित निकालेको हो ।

ब्राजिललाई जित दिलाउन म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरेका थिए ।

प्रकाशित मिति: ६ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्