३३ किलो सुनकाण्डका अभियुक्त खड्का पक्राउ, विमानस्थलबाटै समातिए


 



काठमाडौं, असार २७
नेपाल प्रहरीको सर्वाधिक खोजीमा रहेका ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त हरिशरण खड्का पक्राउ परेका छन् ।

इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएका काभ्रेका खड्कालाई शनिबार बिहान त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले बताए।

शाहीका अनुसार उनी हिमालय एयरको जहाजबाट काठमाडौं आएका थिए। दुबईमा लुकिछिपी बस्दै आएका उनलाई अध्यागमन विभागले रोकेर प्रहरीको जिम्मा लगाएको हो।

खड्कालाई मोरङ लैजाने तयारी भइरहेको प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले बताए। प्रहरीकाअनुसार उनी ३३ किलो सुन काण्डका मुख्य योजनाकारमध्येका एक हुन् ।

प्रकाशित मिति: २७ असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्