स्वास्थ्यकर्मीलेनै सारे १२ जनालाई कोरोना, तीन वडा सिल


 



काठमाडौं, असार २८
ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना सारेको पुष्टि भएको छ ।

कोरोना संक्रमति भएको पुष्टि भएसँगै ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका ७, ८ र ९ गरी तीन वटा वडा सिल गरिएको छ ।

बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत एक ल्याब नेक्निसियनले आफ्नै परिवारका नौ जना सदस्य र ललितपुरको महालक्ष्मी नगरपालिका–८ का वडाध्यक्षका दुई छोरामा कोरोना संक्रमण फैलाएको पाइएको हो ।

वडाध्यक्षका दुवै छोरा डाक्टर हुन् । योसँगै वडा नं. ८ का वडाध्यक्षका सबै परिवार होम क्वारेन्टाइनमा रहेका छन् । शनिबार नगरपालिकाले फ्रन्टलाईनमा रहेर काम गर्ने करिब २१३ जनाको पिसीआर परीक्षणका लागि स्वाब पनि संकलन गरेको जनाएको छ । योसँगै ललितपुर जिल्लामा समुदायमा कोरोना संक्रमण फैलिएको छ ।

प्रकाशित मिति: २८ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्