कोरोना संक्रमणः भारतमा बने एकैदिन दुई रेकर्ड




काठमाडौं, असार ३१
भारतमा कोरोना भाइरस संक्रमण रोकिनुको सट्टा झन बढ्दै गइरहेको छ । मंगलबार मात्रै भारतमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित विरामी थपिएका छन् ।

२४ घण्टामा सर्वाधिक २९ हजार ९१७ जना थपिएका हुन् । एकैदिन यतिधेरै संक्रमित थपिएसंगै भारतमा कुल संक्रमित संख्या ९ लाख ३७ हजार ५६२ पुगेको छ । यीमध्ये हालसम्म २४ हजार ३१५ जनाको ज्यान गएको छ ।

मंगलबार मात्रै ५८७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ५ लाख ९३ हजार ८८ जनालाई निको भएको छ । त्यस्तै, मंगलबार एकैदिन २० हजार ९७६ जनालाई निको भएको छ । यो संख्या पनि अहिलेसम्मकै सबैभन्दा बढी हो ।

सबैभन्दा बढी महाराष्ट्रमा ६ हजार ७४१ जना नयाँ संक्रमित थपिएर २ लाख ६७ हजार ६६५ पुगेका छन् । मृतक २१३ थपिएर १० हजार ६९५ पुगेका छन् । दोस्रो स्थानको तमिलनाडुमा ४ हजार ५२६ थपिएर १ लाख ४७ हजार ३२४ पुगेका छन् । मृतक ६७ थपिएर २ हजार ९९ पुगेका छन् ।

दिल्लीमा १ हजार ६०६ जना थपिएर संक्रमित १ लाख १५ हजार ३४६ पुगेका छन् । मृतक ३५ थपिएर ३ हजार ४४६ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News