सुनको मूल्यमा आज फेरि अर्को ‘रेकर्ड’




काठमाडौं, असार ३१
नेपाली बजारमा आज सुनको मूल्यले अर्को रेकर्ड कायम गरेको छ । आज सुन तोलामा थप ६ सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार आठ सय रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै धेरै हो । सुन हिजो प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सुनजस्तै चाँदीको मूल्यले पनि निरन्तर रेकर्ड कायम गर्दै आएको छ । चाँदीको मूल्य पनि पहिलो पटक तोलाको एक हजार माथि पुगेको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार पाँच रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला ९ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News