भारतले सिन्धु नदी रोके आफुले ब्रह्मपुत्र रोकि खडेरी पार्ने चीनको चेतावनी


 


उरी आक्रमणपछि भारतले पाकिस्तानलाई सिन्धु नदीको पानी रोक्ने चेतावनी दिइरहेका बेला चीनले भारतको पूर्वी भागमा बग्ने ब्रम्हपुत्र नदि रोकेर भारतमा खडेरी पार्ने चेतावनी दिएको छ ।

उरी आक्रमणपछि विवाद चर्किरहेका बेला पाकिस्तानलाई कमजोर बनाउन भारतबाट पाकिस्तानमा बग्ने सिन्धु नदि रोक्ने चेतावनी भारतले दिइरहेको छ । यसअघि पनि सन् १९४८मा भारत पाकिस्तान विवाद हुँदा भारतले यो नदी रोकेको थियो ।

चीनले पनि पाकिस्तानको साथ दिँदै पाकिस्तानमा बग्ने सिन्धु नदि रोके आफुले चीनबाट भारतको पूर्वीभाग भएर बग्ने भारतको सबै भन्दा ठुलो ब्रम्हपुत्र नदि रोकेर मरुभुमिमा परिणत गर्ने चेतावनी दिएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

भारतको पूर्वउत्तरमा बग्ने सबै भन्दा ठुलो नदी ब्रह्मपुत्र नदी नै हो, अन्य सबै नदीहरु यसकै सहायक नदी हुन् भने यो नदी चीनले रोके भारतको पूर्वी भागका राज्यहरुमा खडेरी सिर्जना हुनेछ ।

पाकिस्तानको जलाधारको रुपमा लिइने सिन्धु नदी भारतको उत्तर हिमालयबाट बग्छ र यसको आसमासमा लगभग ३० करोड मानिस बस्छन् । एजेन्सी

प्रकाशित मिति: १३ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्