बैंकमै भेटियो बेवारिसे बाल्टिन बम


 



सल्यान, साउन १
सल्यानको बागचौर नगरपालिकाको बागचौर बजारमा रहेको मुक्तिनाथ विकास बैंकमा बेवारिसे बम भेटिएको छ । बैंकको शाखा कार्यालयमा बाल्टिन बम भेटिएको प्रहरीले जनाएको छ ।

जनपरिषद् सल्यानको नाममा बैंक कार्यालय बाहिर बम राखेको र बमसँगै टाँसिएको पर्चामा कोरोना महामारीको समयमा समेत किसानसँग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाई ऋण तिर्न बाध्य पारेको कुरा उल्लेख छ ।

प्रहरीका अनुसार यसको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । अहिले बैंक आसपासको क्षेत्र सिल गरिएको र जिल्लाबाट बम डिस्पोजल टोली घटनास्थल जाँदै गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्