सुनसरीमा लेखा अधिकृत र बाग्लुङमा इन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा


 



काठमाडौं, साउन २
इटहरी उपनगरपालिका, सुनसरीका लेखा अधिकृत विकास पोखरेल रू। ६५ हजार तथा बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर मिलन अधिकारी रु। १ लाख घुससहित नियन्त्रणमा परेका छन् ।

इटहरी उपनगरपालिकाका लेखा अधिकृत पोखरेलले नगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परिक्षा संचालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

उनलाई घुस बापतको रकम लिइसकेको अवस्थामा उपनगरपालिकाको वडा नं। ६ बि।पि। चौकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यस्तै, बाग्लुङको ढोरपाटन नगरपालिकामा कार्यरत इन्जिनियर अधिकारीलाई घुस रकम लिइसकेको अवस्थामा पोखरा महानगरपालिकाको जिरो प्वाइन्ट भन्ने स्थानमा रहेको एक होटलबाट नियन्त्रणमा लिइएको हो ।

उनले उपभोक्ता समितिबाट भएको सडक निर्माण सम्बन्धी योजनामा भक्तानी दिएबापत बिभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना प्राप्त भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्