भोजपुरमा आगलागी (फोटो फिचर सहित)


 


भो5जपुर, जेठ २३
भोजपुुर सदरमुकाममा अहिले भर्खरै आगलागि भएको छ । नगरपालिका–७ सातधारा छेउमा रहेको होटलमा अहिले विहान ९ः१५ मा ग्याँसको सिलिण्डर लिक हुँदा आगलागि भएको हो । सातधारा छेउमा रहेको अर्जुन श्रेष्ठको घरमा रहेको होटलमा आगलागि भएको हो । यो ठाउँमा एक महिनादेखी होटल राजेन्द्र श्रेष्ठले सञ्चालन गर्दे आएका थिए । स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले आगलागी शुरु भएको करिब १५ मिनेटमा आगो नियन्त्रणमा लिएका छन् । प्रहरीको प्रारम्भिक विवरण अनुसार आगालागीबाट करिब २० हजार बराबरको क्षति भएको जनाएको छ ।

1

2

3

4

6

7

प्रकाशित मिति: २३ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्