आतंकवादी र बाह्य हस्क्षेपसँग जुध्न पाकिस्तान सक्षम रहेको नवाज शरीफको दावी


 


sarif-nawaz

एजेन्सी ।

उरी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेका बेला पाकिस्तानले बुधबार उच्चस्तरीय सुरक्षा बैठक आयोजना गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै पाकिस्तनी प्रधानमन्त्री नवाज शरीफले पाकिस्तानले विश्वशान्तिका लागि जबर्जस्ती त्याग गरेको कुराको विश्व सामुदाय साक्षी रहेको बताए ।

बैठक पछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री शरीफले आफ्नो देश कुनै पनि आतंकवादी आक्रमण तथा बाह्य हस्तक्षेप सँग जुध्न सक्षम रहेको र जस्तोसुकै पस्थितिको सामना गर्न पनि तयार रहेको बताएका हुन् ।

भारतले सिन्धु नदी रोक्ने भन्ने विषयमा बोल्दै ‘शरीफले सिन्धु जल सम्झौता भारत र पाकिस्तानबीच आपसी सहमतिमा गरिएको र यसको मध्यस्थता विश्व बैंकले गरेको भन्दै यो सम्झौताबाट कुनै पनि देश एकतर्फी अलग हुन नसक्ने बताए ।

प्रकाशित मिति: १३ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्