विदेशी मुद्राको विनिमयदर: कति पुग्यो अमेरिकी डलरको भाउ ?


 



काठमाडौं, साउन ८
नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ २ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५ पैसा रहेको छ ।मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र बिक्रीदर २८ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा र युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति: ८ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्