छुनै नसकिने भयो सुन, आज अर्को ‘रेकर्ड’ कायम


 



काठमाडौं, साउन ८
नेपाली बजारमा आज सुनको मूल्य थप उकालो लागेको छ । सुन आज तोलामा थप पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार पाँच सय पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि मूल्य आकाशिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै गइरहेको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार ४५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्