सुनको मूल्य अझै बढ्यो, कति पुग्यो आज ?


 



काठमाडौं, साउन १५
नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतिोला ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य निरन्तर बढेपनि आज चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला १२ सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्