कहिलेदेखि सञ्चालन हुन्छन् विद्यालय ? सरकारले गर्यो यस्तो निर्देशन




काठमाडौं, साउन १५
सरकारले विद्यालयमा बनाइएका क्वारेन्टाइन र आइसोलेशन हटाउने निर्णय गरेको छ । सरकारले कोरोना भाइरसको महामारीकाबीच भदौ १ गतदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेसंगै विद्यालयका क्वारेन्टाइन र आइसोलेशन हटाउन निर्देशन गरेको हो ।

‘विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेसन कार्य सञ्चालन गर्न पाइने छैन । साथै क्वारेन्टाइन खाली भएका विद्यालयहरूलाई समेत निर्मलीकरण गरेर अध्यापन गर्न योग्य बनाउनुपर्छ’, सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने ।

त्यस्तै सरकारले विद्यालयले २०७६÷७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न निर्देशन दिएको छ । त्यस्तै सरकारले भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क राख्ने निर्णयसमेत गरेको छ ।

विद्यालय निर्मलीकरणको कार्यढाँचा बनाउने जिम्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको छ । त्यस्तै सरकारले साउनभरमा विद्यालय पुगिसक्न सबै शिक्षकलाई निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News