सुनको मूल्यमा दैनिक ‘रेकर्ड’, आज पनि बढ्यो


 



काठमाडौं, साउन १६
बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९९ हजार तीन सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्