भाेजपुरमा अाँखा अस्पताल शिलान्यास



 

भोजपुर, असोज १५

भोजपुर आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । भोजपुर नगरपालिका, पुरानो डबली टक्सारमा जापान सरकारको सहयोगमा निर्माण हुन लागेको भवनको शुक्रबार जापानी राजदूत मासासी ओगावा र पूर्व मन्त्री एंव नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

एक वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको सो भवनलाई जापान सरकारले करिब रु एक करोड उपलब्ध गराउने नेपाल नेत्र ज्योति सङ्घ भोजपुर शाखाले जनाएको छ । भवन शिलान्यासपछि आयोजित पत्रकार सम्मेलनमा राजदूत ओगावाले जापान सरकारले नेपालका सबै क्षेत्रमा विशेष प्राथमिकताका साथ सहयोग गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News