एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता




डोटी, साउन १९
डोटीको सायल गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । गाउँपालिकाले एकल पुरुष र अभिभावकविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेको हो।

डोटीका नौवटा स्थानीय तहहरूमध्ये सायल गाउँपालिकाले पहिलो पटक एकल पुरुष र अभिभावकविहीन बालबालिकालाई भत्ता वितरणको काम सुरु गरेको हो ।

गाउँपालिकाले दलित समुदायका ५० देखि ६० वर्ष उमेर समूहका एकल पुरुष र गैरदलित समुदायका ६० देखि ७० वर्ष उमेर समूहका एकल पुरुषहरूलाई मासिक रुपमा पाँच सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेको सायल गाउँपालिका डोटीले जनाएको छ । त्यसैगरी आमा बुवा नभएका सहाराविहीन बालबालिकाहरूलाई पनि मासिक एक हजारका दरले भत्ता दिन थालेको गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ को गाउँसभाबाट एकल पुरुष र आमाबुवा नभएका सहाराविहीन बालबालिकाहरूलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णयसँगै कार्यविधि निर्माण गरी सामाजिक सुरक्षा भत्ता प्रदान गरिन लागेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।
गाउँपालिका भित्रका ४३ जना पुरुष र विद्यालय नियमित जाने आमाबुवा नभएका सहाराविहीन १७ जना बालबालिकालाई अघिल्लो आर्थिक वर्षको रकम एकमुष्ट यस वर्षको साउन महिनामा वितरण गर्न थालिएको सायल गाउंपालिकाका प्रेस सल्लाहकार डिलबहादुर सिंहले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News