आज आएर घट्यो सुनको मूल्य, चाँदीको भाउ भने बढ्दै


 



काठमाडौं, साउन २५
बजारमा आज धेरैपछि सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको छ । सुन शुक्रबार प्रतितोला एक लाख ३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय १० रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्