थप ३८० जनामा कोरोना संक्रमण पुष्टि


 



काठमाडौं, साउन २५
नेपालमा आज थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

यससंगै कोरोना भाइरस संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १६ हजार ३ सय ५३ पुगेको छ ।

प्रकाशित मिति: २५ श्रावण २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्